अन्तर्राष्ट्रिय

सिरियामा फेरी सर्वसाधारण मारिए

बेरुत । सिरियाको उत्तरपश्चिम प्रान्त गोलान हाइटमा मंगलबार भएको हवाई आक्रमणमा परी सात जना सर्वसाधारण मारिएका छन् ।

इजरायलसँगको सीमा क्षेत्रमा पर्ने सो ठाउँलाई संवेदनशील क्षेत्र मानिन्छ । सोही ठाउँमा भएको आक्रमणमा सर्वसाधारण मारिएका हुन् ।

मारिएका मध्ये दुई जना महिला र तीन जना बालबालिका रहेका छन् । घटना स्थानीय ऐन अल तिना नजिकै भएको अधिकारीहरूले बताएका छन् ।

बेलायतको लण्डनमा कार्यालय रहेको अनुगमनकर्ताहरूको समुह सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले पनि मंगलबारको घटनाका बारेमा जानकारी दिएको छ ।

यसअघि सिरियाको सेनाले अत्यधिक रणनीतिक महत्वको डारा क्षेत्रलाई सोमबार आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो ।