आर्थिक

अपहरणपछि बलात्कार गरेको अभियोगमा तीन अभियुक्त पक्राउ

रौतहट । बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ वर्षीय जियालाल महतो रहेको प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए । धर्मेन्द्र र जियालाललाई गरुडाबाट तथा बलिष्टरलाई कलैयाबाट पक्राउ गरिएको हो ।