समाचार

कम्युनिष्ट पार्टीबाट निर्बाचित धरानका मेयर तारा सुब्बाको निधन

काठमाण्डौ । धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाको निधन भएको छ । मृगौला प्रतयारोपण गरिएका मेयर सुबबाको आज दिउसो निधन भएको हो ।

केहीदिनदेखी काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराईरहेका सुब्बा गत स्थानीय निर्बाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट मेयरमा बिजय भएका थिए ।

मेयर सुब्बालाई छातीमा निमोनीयाको ईनफेक्सन समेत भएकाले मेयर सुब्बाको स्वस्थय अवस्थगा अन्तिम समयमा बिग्रीएको थियो । उनी कमजोर देखिदै आएका थिए ।