प्रदेश 2

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४६४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको चौधरी सवार ना ९ प ८९८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।