प्रवास

अमेरिका जनसम्पर्क समितिका सभापती युके भ्रमणमा

लण्डन । नेपाली कांग्रेसका नेता आनन्द बिष्ट बेलायतको भ्रमणमा आएका छन् । बेलायतको भ्रमणको लागि उनी राजधानी लण्डन आएका हुन् । गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीले बिष्टलाई आइतवार स्वागत गरेका थिए ।

जनसम्पर्क समिति अमेरिकाका सभापति समेत रहेका बिष्ट बेल्जियम हुदैं बेलायत ओर्लेका छन् ।

बिष्टले विदेशमा बसेर मानवअधिकार तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिने बताईएको छ । उनी करिब अबको दुइ हप्ता युरोप भ्रमणमा रहनेछन् ।