समाचार

सर्वोच्चले भन्योः माइतीघर मण्डला लगायत क्षेत्र निषेधित गर्ने सरकारी निर्णय कानुन विपरित

काठमाडौं । माइतीघर मण्डला लगायत उपत्यकाका ६ स्थान निषेधित क्षेत्र घोषणा गर्नु कानुनको बर्खिलाफ भएको भन्दैँ सर्वोच्च अदालतले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयको उक्त निर्णय तत्काल लागू गर्नु कानुन विपरित भएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले उक्त आदेश दिएको हो । जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन विपरित निर्णय गरेको भन्दै त्यो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । ऐनको दफा ६ को उपदफा ३ मा भनिएअनुसार एक पटक जारी भएको आदेश दुई महिनाभन्दा बढी हुने छैन ।

हेर्नुहोस् सर्वोच्चको आदेशः-