आर्थिक

एनसीसीको नयाँ शाखा मेलौलीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. १, मेलौलीमा शाखा संचालनमा ल्याएको छ । नेपाल सरकारको हरेक स्थानीय निकायमा शाखा पु¥याउने उद्देश्य अनुरुप बैंकले उक्त शाखा संचालनमा ल्याएको हो ।

साथै बैंकले बारा, रौतहट सप्तरी, सिरहा, सिन्धुपाल्चोक, काभे्र, गुल्मी, नवलपरासी, कन्चनपुर, तेह्रथुम, दैलेख, ताप्लेजुङ्ग लगायत देशका बिभिन्न जिल्लाका स्थानीय निकायहरुमा बाँकी शाखाहरु छिट्टै बिस्तार गर्ने जनाएको छ ।

बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. १, मेलौली स्थित शाखा संचालनमा ल्याए पश्चात बैंकको शाखा संख्या १०८ पुगेको छ ।