राजनीति

केशव बडालको प्रश्नः गोविन्द केसी कांग्रेसको कार्यकर्ता होइनन् भने गगन थापाको पक्षमा किन भोट मागे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता केशब बडालले प्रा डा गोविन्द केसीको जीवनमाथि खेलबाड गर्ने काम नगर्न पनि आग्रह गरेका छन् । केसीलाईलाई मानव ढाल बनाइएको नेता बडालले बताएका छन् ।

रिर्पोटर्स क्लब नेपालको साक्षात्कारमा बोल्दैँ नेता बडालले डा. केसीलाई अनसन तोड्न आग्रह गरेका छन् । ‘डाक्टर केसीलाई मानव ढाल बनाउने काम भइरहेको छ, उपचार पनि गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर साथीहरुले भन्नुभएको छ’, उनले भने, ‘यो गलत र अलोकतान्त्रिक हो, उहाँलाई मानव ढाल नबनाऔं।’

उनले भने,‘यस्तो अत्याचार नगरौं, संसदले कुन विद्येयक र कस्तो विद्येयक पास गर्ने वा नगर्ने भन्ने अनशनलाई जिम्मा दिने कुरा नगरौं, संसदमा पर्याप्त छलफल हुन्छ, विद्येयकमा चित्त नबुझे विद्येयकउपर छलफल हुन्छ, संशोधन हाल्न पनि सकिन्छ, संसदीय समितिहरुमा पनि पर्याप्त छलफल हुन्छ।’

ऐनको लागि संसद भएकाले सडकबाट सदनको अवहेलना नर्गन आग्रह गरे । ‘कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं।’ सरकार डाक्टर केसीको जीवन रक्षा गर्ने पक्षमा रहेकाले केसीले अनशन काठमाडौंमा नबसी जुम्लामा किन बसे ?’, उनको प्रश्न थियो ।

डाक्टर केसीको अनशन धेरै पटक भएकोले कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा माग पूरा नगरेकोमा पनि उनले प्रश्न गरे । ‘अहिले केसीको पक्षमा चर्को कुरा गर्ने गगन थापा आफू स्वास्थ्यमन्त्री हुँदा किन उहाँका मागहरु पूरा गर्नुभएन् ?’

नेता बडालले गगन थापाको पक्षमा चुनावको बेला भोट माँगेकोले डाक्टर केसी कांग्रेसको कार्यकर्ता भएको आरोप लगाए । उनले भने, ‘डाक्टर केसी कांग्रेसको कार्यकर्ता नभए गगन थापाको पक्षमा निर्वाचनमा किन मत मागे ? त्यही गुण तिर्नका लागि गगन थापाले अहिले अनशनरत डाक्टर केसीको पक्षमा बोलिरहेका छन् ।’