राजनीति

काँग्रेसमा पौडेल पक्षले सभापति देउवापक्षलाई ठीक पार्न यस्तो बनायो रणनीति

काठमाण्डौ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डाकेको आजको भेलाले नेबिसंघको केन्द्रीय अधिवेशन समयमा नै गर्न पार्टी नेतृत्वलाई दबाट दिने सहमती गरेको छ । पछिल्लो समयमा शेरबहादुर देउवाको कट्टर आलोचकका रुपमा देखिएका कृष्ण सिटौला बैठकमा उपस्थिति भएनन् ।

काँग्रेसको १३ औँ महाधिवेशनमा आफ्नै समूह बनाएर सकृय बनेका पूर्ब महामन्त्री कृष्ण प्रसाद सिटौला सभापति शेरबहादुर देउवा समूहमा सकृय भएपनि केही अगाडीबाट सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहेका अभिब्यक्ती सार्बजनिक रुपमा दिईरहेका छन् । नेता क्लबहादुर गुरुगं, अर्जुन नरसिंह केसी पनि देउवा समूहबाट अलग रहेर सभापति देउवाको राजनीतिक रुपमा तीब्र बिरोध गर्ने नेतामा पर्न थालेका छन् ।

पूर्ब महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य एबं प्रभाबशाली नेता डा. शेखर कोईराला, युवा नेता गगन कुमार थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल पनि  सभापति देउवाको तीब्र बिरोध गर्ने नेता भित्रैं पर्दछन् ।

सभापति देउवा समूहमा नरहेपनि पछिल्लो समयमा पौडेल र देउवा दुबैसंग समदुरीमा रहेका महामन्त्री डा. शसाँक कोईराला भने कसैको पनि बिरोध नगर्ने नेतामा परेका छन् ।

आजको पौडेल समूहको बैडकले आगामी सभापति देउवाका बिरुद्धमा कसरी राजनीतिक रुपमा लड्ने भन्ने रणनीति तयार गरेको भनिएपनि उक्त कुरा मीडियामा ल्याईएके छैन । मीडियामा केही नेताहरुले नेबिसंघको अधिवेशन समयमा नै गर्न सभापतिलाई दबाब दिने बिर्णय भएको भनेपनि बैठकले कुनै महत्वपूर्ण निर्णय गरेको हुनसक्ने स्रोतको दाबी छ ।

नेता सिटौला उपस्थिति नहुनुमा पौडेल र सिटौलाबीच पहिलेदेखीकै अबिश्वासको वातावरण नटुंगिनु महत्वपूर्ण रहेको हुासक्ने अनुमान लगाउन सकिन्छ । सभापति देउवालाई संस्थागत निर्णय गर्ने र सबै कार्यकर्ताको अभिभावक बनाउन रणनीति भने आजको बैठकले बनाएको एक नेताले दाबी गरेका छन् ।