विचित्र संसार

यो हो हवाईजहाजभन्दा पनि महंगो कुकुर, के छ यसको विशेषता ?

काठमाडौं । धेरै मानिसहरूलाई कुकुर पाल्ने सोख हुन्छ । कुनै कुकुर हजारौं रुपैयाँमा पाइन्छन् भने कुनै चाहिँ लाखौंमा । तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ । भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको थियो । त्यहाँ ४० प्रजातिका २०० भन्दा बढी कुकुरले भाग लिएका थिए । तर सबैको आँखा तिब्बती मास्टिफमा गड्यो ।

यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा २४ देखि ४८ करोड छ । यतिमा त ससानो हवाईजहाज नै किन्न सकिन्छ । डग शोमा करोडौं मूल्यको मास्टिफ दिल्लीबाट ल्याइएको थियो । यो तिब्बती मास्टिफलाई पाल्न पनि महंगो छ । यसलाई चौबीसै घन्टा एसीको चिसो चाहिन्छ । अनि यसलाई प्रत्येक १५ दिनमा स्पा लग्नुपर्छ । यसको खाना जर्मनीबाट मगाउनुपर्छ । यो ३२ इन्चको हुन्छ र तौल करीब ७० देखि ८० किलो हुन्छ । यसले बाघ र चितुवा जस्ता जनावरसँग पनि लड्ने क्षमता राख्छ । -एजेन्सी