खेलकुद

दक्षिण एशियाली तथा आमन्त्रण आईटिएफ तेक्वान्दो सम्पन्न, नेपाल बन्यो च्याम्पियन

काठमाण्डौं । नेपालले दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले एकै साथ तीन ठुला उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्यँका साथ टिम च्याम्पियनको उपाधि हात पार्यो । दोश्रो स्थानमा रहेको भारतले समग्रमा ४३ स्वर्ण, ४० रजत र ३९ कास्यँ जित्न सफल भयो । तेश्रो स्थानमा रहन सफल तुर्क्मििनिस्तानले ७ स्वर्ण, २ रजत र १ कास्य जितेको थियो ।

नेपालले जुनियर र सिनियर दुबै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण ४३ रजत र ६१ कास्यँ प्राप्त गर्दा दोश्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण,१२ रजत र १२ कास्यँ ल्याउदै ठुलो चुनौती पेश गरेको थियो । सिनियरतर्फ भने नेपालले भारतलाई निक्कै पछि पार्न सफल भयो । नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण,१२ रजत र १९ कास्यँ जित्दा दोश्रो स्थानमा रहेको भारतले भने ९ स्वर्ण,१७ रजत र २७ कास्यँमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा ३ स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ सम्मको ब्लकबेल्टको स्पाईरिङमा स्वर्ण जित्दा,टिम स्पाईरिङ र टिम प्याटनमा नेपाललाई स्वर्ण दिलाउदा महत्वपूर्ण सदस्य थिईन् । सिनियर पुरुषतर्फ तुकिमिन्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि जिते ।

नेपाल आईटिएफ तेक्वान्दोको आयोजनामा संचालन भएको प्रतियोगितामा महिला १० बर्ष मुनीको उमेर समूहको २० केजी मुनीको स्पाईरिङमा नेपालकी सन्ध्या लामाले स्वर्ण जितिन् । त्यस्तै १४ देखि १५ बर्षको कलर ब्लडको स्पाईरिङ नेपालले ५ स्वर्ण जित्न सफल भयो । जस अनुसार ३५ केजी मुनी नेपालकी निशा पुलामी मगर,४५ केजी मुनी अभिना राई,५५ केजी मुनी अनिष कार्की,६० केजी मुनी कोपीला स्याङताङ र ६५ केजी मुनी डोल्मा गुरुङले स्वर्ण जित्न सफल भए । त्यसरी नै १५ देखि १७ बर्षको रंगिन पेटीका महिला स्पाईरिङमा नेपालले ३ स्वर्ण जितेको थियो ।

नेपालका लागि ४५ केजी मुनी रश्मी थापामगर,५२ केजी मुनी सचिता सुनुवार र ५८ केजी मुनी चुम्ला शेर्पाले स्वर्ण जिते । महिला १८ देखि ३९ बर्षको सिनियर रंगिन पेटीको ५२ केजी मुनी नेपालकी निश्चल राईले स्वर्ण जितिन् । महिला १५ देखि १८ बर्षको कालो पेटीमा नेपालले ३ स्वर्ण जित्न सफल भयो ।

सबिना लामाले ५५ केजी मुनी,करिश्मा घर्तिमगरले ६४ केजी मुनी र कन्याम लिम्बूले ७० केजीमाथी स्वर्ण जितेका थिए । महिला १८ देखि ३९ बर्षको कालो पेटीमा नेपालले ४ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४७ केजी मुनी रुबिका खड्का,५२ केजी मुनी रन्जु पुलामी मगर,५७ केजी मुनी रिना धिमाल र ७७ केजी मुनी सृजना राईले स्वर्ण जितेका थिए । महिला ब्यक्तिगत प्याटनतर्फ नेपालले ४ स्वर्ण हात पार्यो । रंगिन पेटीमा सचिता सुनुवार,दोश्रो डान कालो पेटीमा निश्मा बस्याल,तेश्रो डान कालो पेटीमा सोनी खड्का र चौथो डान कालो पेटीमा तुलसा राजथलाले आ–आफ्नो खेलमा स्वर्ण जित्न सफल भए । महिला टिम प्याटन र टिम स्पाईरिङमा पनि नेपालले २ स्वर्ण जित्यो । प्याटनमा रुबिका खड्का,रिना धिमाल,निश्मा बस्याल,तुलसा साजथला र हिमा खड्काको समूहले स्वर्ण जित्दा टिम स्पाईरिङमा सोनी खड्का,रुबिका खड्का,संचिता लामा,शान्ती खत्री,रिना धिमाल र सृजना राईको समूहले स्वर्ण जितेका थिए ।

त्यस्तै गरि पुरुष १० बर्ष मुनी नेपालले २ स्वर्ण जित्न सफल भयो । २२ केजी मुनी अभिषेक राई र ३२ केजी मुनी लक्की राईले स्वर्ण जितेका थिए । पुरुष १० देखि १३ बर्ष मुनीको रंगिन पेटीमा नेपालले ६ स्वर्ण जित्न सफल भयो । ३० केजी मुनी किस्मत पुन,३५ केजी मुनी शिशिर राई,४० केजी मुनी शिवम घर्तीमगर,४५ केजी मुनी,बिनोद रखाल, ५० केजी मुनी बिजय सारु र ५५ केजी मुनी निलेश थापामगरले आ–आफ्नो खेलमा स्वर्ण जिते । पुरुष १४ देखि १५ बर्षको रंगिन पेटीमा नेपालले २ स्वर्ण जित्यो । सुनिल गोलेले ५० केजी मुनी र अभिषेक राईले ६० केजी मुनी स्वर्ण जिते ।

पुरुष १६ देखि १७ बर्ष मुनी रंगिन पेटीमा नेपालले ३ स्वर्ण जित्न सफल भयो । निश्चल कुर्मालीले ४५ केजी मुनी,सुजन शाही ठकुरी ५१ केजी मुनी,पुर्ण लोप्चनले ५७ केजी मुनी र सुमित खुलाल मगर ७५ केजी माथीले स्वर्ण जितेका थिए । पुरुष १८ देखि ३९ बर्ष मुनीको रंगिन पेटीमा नेपालले ३ स्वर्ण जितेको थियो । किरण कुवँरले ५८ केजी,चुडामणी कुवँरले ६४ केजी र देवीकुमार थारुले ७१ केजी मुनी स्वर्ण जिते ।

पुरुष १५–१८ बर्ष मुनी प्रथम देखि चौथो डानको स्पाईरिङमा नेपालले ७ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४५ केजी मुनी श्याम राई,५१ केजी मुनी बिशाल बुढामगर,५७ केजी मुनी अनिल तामाङ, ६० केजी मुनी कृष्ण बस्नेत, ६३ केजी मुनी प्रताभ कार्की,६९ केजी मुनी अन्जिल कुवँर र ७५ केजी माथी साजन बच्चमैयाले स्वर्ण दिलाएका थिए । पुरुष १८–३९ बर्ष मुनी प्रथम देखि चौथो डानको स्पाईरिङमा नेपालले २ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ५२ केजी मुनी सागर शम्सेर कुवँर र ७८ केजी मुनी चाउची डंगोलले स्वर्ण जितेका थिए । पुरुष पाँचौ डान भेट्रान प्याट्रनमा नेपालका लागि खेम क्षेत्रीले स्वर्ण दिलाए ।

त्यस्तै टिम स्पाईरिङमा नेपालले स्वर्ण जित्यो । चाउची डंगोल,लिलाधर बस्नेत,दिनेश बुडामगर र बीर कुवँरको टिमले भारतलाई ३–२ को स्कोरमा स्तब्ध बनाएको थियो । तीन दिने प्रतियोगिताको बिजेता खेलाडीलाई शिक्षा मन्त्री गिरीराजमणी पोखरेल,आयोजक नेपाल इन्टरनेश्नल तेक्वान्दो संघ (आईटिएफ) का अध्यक्ष अन्जन धमलालगायतले पुरस्कृत गरेका थिए ।

आईतवार बेलुकी कृतिम प्रकाशमा सम्पन्न प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानका ६ सय खेलाडीले १५० स्वर्ण,१५० रजत र ३ सय कास्य पदकका प्रतिस्पर्धा गदैछन् । प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह,तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्सका इभेन्टहरु समाबेश गरिएको थियो ।