राजनीति

संसदको दोस्रो बैठक पनि कांग्रेसको विरोधका कारण अवरुद्ध, जुम्ला पुगेर केसीसँग वार्ता गर्न माग

काठमाडौं । सरकारले चिकित्सा शिक्षा बिधेयक ऐनको विरुद्धमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले दोस्रो संसद बैठक पनि अवरुद्ध गरेको छ । सरकारले सोमबार विधेयक संसदमा पेश गर्ने तयारी गरेको थियो तर कांग्रेसको विरोधका कारण पहिलो बैठक पनि अवरुद्ध भएको थियो ।

बैठकमा बोल्दैँ कांग्रेस सांसद पुष्पा बस्नेतले सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयक पास गर्न नहुने र जुम्ला पुगेर अनसनरत डा. केसीसँग वार्ता गर्नुपर्ने माग गरेकी थिईन ।

त्यसपछि सभामुख कृष्णबहादुर महराले बिधेयक माथिको छलफल सुरु गर्न निर्देशन दिनुअगावै काग्रेस सांसदहरुले विरोध जनाएर बैठक अवरुद्ध पारे ।