समाचार

संसद भवन अगाडी धर्ना दिने कृष्ण पहाडीसहित दर्जन बढी अधिकारकर्मी समातिए

काठमाडौं । गोविन्द केसीको समर्थनमा संघीय संसद अगाडी धर्ना दिने दर्जन बढी अधिकारकर्मी समातिएका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ देखि अनसनरत डा. केसीको समर्थनमा सरकारले आफू खुसी निर्णय र माफिया अनुकुल ऐन ल्याउन खोजेको भन्दै धर्नामा बसेका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबै अधिकारकर्मीहरुलाई महानगरीय प्रहरी वित्त नयाँ बानेश्वरमा राखिएको छ । पक्राउ पर्नेहरुमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, होमकान्त चौलागाई, कृष्ण कँडेल, रेनुका पौडेल, उत्तम पुडासैनी, बलबहादुर गाहा मगर, लगायत दर्जन बढी अधिकारकर्मी रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ ।