बाग्मती

नेत्रज्योति संघमा धरेल

चितवन । नेपाल नेत्रज्योति संघ चितवन शाखाको आइतबार सम्पन्न २० औँ वार्षिक साधारणसभा एवं अधिवेशनले कृष्णराज धरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको सदस्यमा जयराम श्रेष्ठ, डा उन्नत श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का, शान्तकुमार पिया रहेका छन् । यस्तै ऋषिराम पौडेल, केशवप्रसाद अधिकारी, नवराज सापकोटा, सिद्धार्थलाल चुके, केशव देवकोटा, कस्तुरी श्रेष्ठ, प्रेमप्रभा क्षेत्री, दिनेश खनाललाई सर्वसहमत चयन गरेको छ ।

समितिको आइतबारै बसेको पहिलो बैठकले चिरञ्जीवी सुवेदी, सुधा जोशी र नारायणप्रसाद अधिकारीलाई सदस्यमा मनोनीत गरेको छ । समितिका निर्वतमान सभापति चिजकुमार मास्के र वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी पदेन सदस्य रहने व्यवस्था रहेको छ । संघले भरतपुरमा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ ।