कर्णाली प्रदेश

कर्णाली पर्यटन पत्रकार महासंघमा सिंह

सुर्खेत । कर्णाली प्रदेशस्तरीय नेपाल पर्यटन पत्रकार महासंघको अध्यक्षमा अशोककुमार सिंह सर्वसम्मत चयन भएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार सम्पन्न महासंघको पहिलो अधिवेशनले सिंहको अध्यक्षतामा १३ सदस्यीय महासंघ गठन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा दैलेखका गोविन्द भारती, महिला उपाध्यक्षमा जुम्लाका दिलमाया शाही, महासचिवमा जुम्लाकै शुरबहादुर सिंह चयन भएका छन् ।

त्यस्तै, खुला सचिवमा जाजरकोटका सुरेन्द्र सिंह, महिला सचिवमा सल्यानका मीना बुढाथोकी र कोषाध्यक्षमा सुर्खेतका सविता जिसी चयन हुनुभएको महासचिव सिंहले जानकारी दिए। बाँकी सदस्यमा खुलातर्फ डोल्पाका सरोज थापा र हुम्लाका नरजंग तामाङ, महिला सदस्यद्वय जुम्लाका सरिता पराजुली र दैलेखका ज्योति कटुवाल, दलित सदस्यमा कालीकोटका रमेश सुनार र जनजाति सदस्यमा सुर्खेतका प्रभाषकुमार शाक्य चयन हुनुभएको जनाइएको छ ।
विधागत पत्रकारिताबाट कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन, र विकास गर्ने मुख्य उद्देश्यका साथ प्रदेशस्तरीय पर्यटन पत्रकार महासंघको गठन गरिएको अध्यक्ष सिंहले बताए । उनका अनुसार यहाँको सांस्कृतिक, धार्मिक, पुरातात्विक र पर्यापर्यटनको विकास तथा प्रवद्र्धनमा महासंघ प्रदेश सरकारको सहयोगी भएर पर्यटनसम्बन्धी विभिन्न गतिविधि संस्थागत रुपमा अघि बढाउनेछ ।