राजनीति

शहीदको सपना खेर जाने दिइने छैनः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शहीदको सपना खेर जाने नदिइने बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आईतबार आयोजित शहीद विष्णु चौलागाईँको स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत पार्टीले शहीदको शहादत तथा बलिदानलाई संस्थागत गर्दै उनीहरुको सपना पूरा गर्ने दायित्व लिएको र तिनले देखाएको बाटाबाटै मुलुकलाई अघि बढाउन आफूले गतिका साथ काम गरिरहेको स्पष्ट गरे ।
फरक एक प्रसंगमा अध्यक्ष दाहालले एकीकृत पार्टीलाई कमजोर बनाउन सकिन्छ कि भनेर केही शक्तिले चलखेल गरिरहेको बताउँदै पार्टी र सरकारविरुद्ध हुने गलत प्रचार र प्रवृत्तिविरुद्ध सचेत हुन नेता–कार्यकर्तालाई आह्वान गरे । कार्यक्रममा नेकपाका नेताले शहीदको सपना पूरा गर्न एकीकृत पार्टीले प्रभावकारी प्रयास गर्नुपर्नेमा जोड दिनुभएको थियो । विसं २०६१ असार ३१ गते चौलागाईँले शहादत प्राप्त गरेका थिए ।