राजनीति

काँग्रेसमा मारामार-पौडेलले बोलाए देउवाबिरुद्ध उत्रिन आफ्ना पक्षका नेताहरुको छुट्टै भेला

काठमाण्डौ । नेपाली काँग्रेसभित्र चर्को बिबाद देखिएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुको छुट्टै भेला बोलाउने तयारी भएको स्रोतको दाबी छ । पछिल्लो समयका कृष्ण प्रसाद सिटौला, कुलबहादुर गुरुङ, अर्जुन नरसिंह केसी पनि पौडेल पक्षमा सकृय देखिएका छन् ।
पौडेल पक्षका केन्द्रीय नेताहरुको भेला छुट्टै बोलाईने भएपछि देउवा पक्षमा खटपट शुरु भएको छ ।

काँग्रेस कमजोर भएकोमा चिन्तित भएका पुराना, सक्षम ईमान्दार नेता तथा कार्यकर्ताहरु थप चिन्तित देखिएका छन् । १३ औं महाधिवेशन पछि छुट्टिएको संस्थापन र पौडेल समूह हेटौंडा महाधिवेशनबाट एक भएको जस्तो देखिएपनि भोली सोमबार काठमाण्डौमा बस्ने भनिएको पौडेल पक्षको छुट्टै बैठकले दुई बलिया समूहमा स्पष्ट बिभाजित भएको देखिन्छ ।

पौडेल पक्षका एक प्रभाबशाली केन्द्रीय सदस्यका अनुसार बैठक नियमित प्रकृया भएको र काठमाण्डौको एक सहकारीसंस्थामा बस्न लागेको जानकारी दिए । पौडेल, सिटौला र कुलबहादुर गुरुगं पक्षका केन्द्रीय सदस्य, पुर्ब-केन्द्रीय सदस्य सहभागी हुने भनिएको उक्त आन्तरिक बैठकले सभापति देउवजाका बिरुद्धमा जस्तोसुकै कदम चाल्न तया रहने रणनीति समेत तयार गर्ने अनुमान लगाउन सकिन्छ ।

बरिष्ठ नेता पौडेल सभाति देउवासंग पछिल्लो समयमा नरम देखिएपनि उनकन पक्षका प्रकासमान सिंह लगायतका नेताहरु सभापति देउवाको कार्यशैलीप्रति कठोर देखिएका छन् । उनीहरुले सार्बजनिक स्थानमा नै सभापति देउवाको कार्यशैलीको बिरोध गरिरहेको समाचार पुराना भईसकेका छन् ।