मनोरञ्जन

दरबारमार्गको नाइटक्लबमा हंगामा हुन सक्ने भन्दै प्रहरी तैनाथ

काठमाडौं । राजधानीको दरबारमार्गस्थित डेजाबु नाइटक्लबमा प्रहरीले निगरानी बढाएको छ । केही महिनाअघि चर्चित अन्तर्राष्ट्रिय डिजे मार्सेमेलोको प्रस्तुती देखाउने भन्दैँ पैसा उठाएर अन्तिम समयमा मार्सेमेलोको कार्यक्रम नै स्थिगित भएको थियो । पछिल्लो समय विश्वकपको पूर्वसन्ध्यामा भारतीय चर्चित अभिनेत्री पुनम पाण्डेलई बिशेष प्रस्तुतीका लागि बोलाएको तर पछि प्रशासनको अनुमती नलिएको खुलेपछि उक्त नाइटक्लबमाथि प्रहरीले निगरानी बढाएको हो ।

यस्तो खुलासापछि आज हुने विश्वकपको फाइनल खेलमा अभिनेत्री पाण्डेको प्रस्तुती पनि अनिश्चित जस्तै बनेको छ । उक्त कार्यक्रम सञ्चालन गर्न क्लब डेजाभुले अनुमती लिएको दाबी गरेको तर पछि बुझ्दा अनुमती नलिएको भेटिएको प्रहरीको भनाई रहेको छ।

उक्त कार्यक्रममा अंग प्रदर्शन गरेर हंगामा मच्चिन सक्ने भन्दै डेजाभुमा प्रहरीले आफ्नो निगरानी बढाएको बताईएको छ । अभिनेत्री पुनम अंग प्रदर्शनबाट चर्चामा आएकी अभिनेत्री हुन् । यता क्लबका सञ्चालक केपी गैरेले भने कार्यक्रम हुने दाबी गरेका छन् ।