खेलकुद

विश्वकप २०१८ः ४० लाख जनसंख्या भएको मुलुक कसरी पुग्यो फाइनलमा ?

काठमाडौं । क्रोएसियाले बुधवार लुज्निकी रंगशालामा इंग्ल्याण्डलाई हराउँदा फुटबलमा एउटा इतिहास रचियो।

करिब ४१ लाख जनसंख्या भएको क्रोएसिया सन् १९५० मा युरुग्वे फाइनलमा पुगेयता पहिलोपटक विश्वकपको अन्तिम दुईमा पुग्ने सबैभन्दा सानो मुलुक बनेको छ।

थप बुझ्ने गरी भन्दा मरिटानिया र कुवेतकै जति जनसंख्या क्रोएसियाको छ।

सन् २०२२ मा कतारमा हुने विश्वकपमा क्रोएसियाको जनसंख्या अझ घट्नेछ।

किनकि ठूलो संख्यामा युवाहरू थप समृद्ध जीवनको खोजीमा क्रोएसियाबाट पश्चिमा देशहरूतिर गइरहेका छन्।

क्रोएसियाले रुसमा जारी विश्वकपमा तय गरेको यात्राले त्यति सानो मुलुकले कसरी उत्कृष्ट खेलाडीहरू जन्मायो भनेर बहस जन्मिएको छ।

त्यसपछाडि यदि तपाईँले मन छुने खालको कथा अपेक्षा छ भने तपाईँ निराश हुन सक्नुहुनेछ।

सन् १९९८ मा क्रोएसियाका प्रथम राष्ट्रपति फ्रान्यो टुज्म्यानले खेलाडीहरूलाई ुराष्ट्रका सर्वोत्तम राजदूतु भनेर व्याख्या गरेयतानै खेलकुद राष्ट्रिय पहिचानको विषय बनेको छ।

त्यतिबेलाको विश्वकपमा क्रोएसिया अन्तिम चारमा पुगेको थियो।

प्रजातन्त्रिक अभ्यासमा लामो यात्रा तय गरिनसकेको मुलुकका लागि विश्वकप सेमीफाइनलमा पुग्नु चानचुने उपलब्धि होइन।

यो प्रवर्द्धनको एउटा राम्रो माध्यम पनि हो।

तर क्रोएसियाली फुटबलको सफलता पहिले सोचविचार गरिएको वा व्यवस्थित प्रणालीको उपज होइन।

सीमितता
क्रोएसियाले आइतवार फाइनलमा फ्रान्ससँग खेल्दैछ।
यो त खेलाडीका सामु धेरै व्यवधान भएपनि प्राप्त सफलताको उदाहरण हो।

जस्तै उदाहरणका लागि क्रोएसियाका रंगशालामध्ये पाँचवटामात्रै युएफाको अन्तर्राष्ट्रिय मापदण्डअनुसारका छन्।

संरचना एकदमै दयनीय छ र तल्लो तहमा फुटबलमा लगानी शून्यप्रायस् छ।

क्रोएसियाली फुटबल क्लबको खराब आर्थिक अवस्थाका कारण धेरै उत्कृष्ट खेलाडी आफ्नो क्लब छिट्टै छोड्न बाध्य छन्।

त्यसमाथि थप, क्रोएसियाली फुटबलमा भ्रष्टाचार व्याप्त छ।

एउटा बराबरी खेल, नकआउट चरणका खेलमा पछि परेर पनि पुनरागमन तथा विश्वस्तरका खेलाडीको उत्कृष्ट प्रदर्शनले साँच्चैनै सहयोग पुर्‍यायो। गोलकिपरले महत्त्वपूर्ण समयमा उत्कृष्ट बचाउहरू गरे।

तर धेरै मानिस धार्मिक भएको क्रोएसियाजस्तो मुलुकमा विश्वकपको सफलतालाई दैवी शक्तिसँग पनि जोडेर हेरिएको छ।

कतिले क्रोएसियालीहरू युरोपका सबैभन्दा अग्लामध्येका भएको भन्दै सफलतालाई वंशानुगत गुणसँग पनि जोडेका छन्।

अब्बल
तर हामीले क्रोएसियालीहरू केमा अब्बल छन् भन्ने बिर्सनुहुन्न।

त्यो भनेको कठिन अवस्था हुँदाहुँदै पनि लागिरहने।

युवाहरूले भीडभाडयुक्त र डरलाग्दा तालिम केन्द्रहरूमा प्रशिक्षण लिइरहेको धेरै कथा छन्।

आधारभूत सामग्री एकअर्कालाई बाँड्ने, विभिन्न प्रतियोगितामा भाग लिन आफ्नै खल्तीबाट खर्च गर्ने तथा आफूले भाडामा लिएका भ्यानहरूमा निद्रारहित रातहरू बिताउने गरेका कथाहरू छन्।

तर दुर्भाग्य, ती कथाका पात्रले हासिल गरेका उपलब्धिलाई देखाएर आफ्नो निष्क्रियतालाई वैधता दिने निकाय क्रोएसियामा छन्।

यदि आइतवार क्रोएसियाले विश्वकप उचाल्यो भने त्यो खेलकुद इतिहासमा अनौठो खालको सफलतामध्येको एक हुनेछ। -बिबिसीको सहयोगमा