समाचार

गोरेका भाई रमेशलाई युएई पुलिसले समात्यो, नेपाल पठाउने तयारी

काठमाडौं । ३ हजार ८ सय क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाईके चुडामणी उप्रेती गोरेका भाई रमेश उप्रेती समातिएका छन् । उनी दुबईबाट समातिएका हुन् । नेपाल प्रहरीले इन्टरपोलमा रेड नोटिस जारी गरेपछि उनको खोजी तिब्र पारिएको थियो ।

उनलाई दुबईको पुलिसले पक्राउ गरेको स्रोतले बतायो । गोरेका भाई रमेशलाई नेपाल ल्याउने तयारी भईरहेको छ ।

अनुसन्धानका अनुसार युएइबाट रमेश उप्रेती लगायतको समूहले नेपाल सुन पठाउने काममा संलग्न रहदैँ आएका छन् ।