मनोरञ्जन

प्रेमपछि सुटुक्क इन्गेजमेन्ट गरे प्रियंका र आयुष्मानले !

काठमाडौं । चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले प्रेमपछि इन्गेजमेन्ट गरेका छन् । विगत २ बर्षदेखि चल्दै आएको प्रेम सम्बन्धलाई उनीहरुले इन्गेजमेन्टमा परिणत गरेका हुन् ।  उनीहरुको यो इन्गेजमेन्टललाई पारीवारिक इन्गेजमेन्टको संज्ञा दिईएको छ ।

आयुष्मानकी आमा रविनाले आफ्नो इन्स्टाग्राममा तस्विरहरु शेयर गर्दै प्रिङ्का र आयुष्मानलाई बधाई दिएकी छन् । आफूहरुबीच कथा काठमाडौँको सुटिङका क्रममा प्रेम बसेको बताउदैँ आईरहेका छन् ।  उनीहरुको इन्गेजमेन्टमा परिवारका सदस्यहरुको मात्र उपस्थिती रहेको थियो ।