विचित्र संसार

भारतिय प्रधानमन्त्री मोदीसँग विवाह गर्न भन्दै ५ महिना देखि धर्नामा !

काठमाडौं । मानिसहरुका अनेक सोख हुन्छन् तर ती सबै पुरा भने हुन गाह्रो छ । संसार अनौठो पनि छ कि कसैका लागि कोहि व्यक्ती अनशन बस्छ त कोहि धर्ना पनि । यस्तै भएको छ भारतमा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विवाह गर्न भन्दै एक महिला गएको ५ महिना देखि धर्ना बसेकी छिन् ।

राजस्थानको जयपुरमा बस्दै आएकी ओम शान्ति शर्माले आफू नरेन्द्र मोदीसँग विवाह गर्ने आफ्नो इच्छा पूरा गर्न धर्नामा बसेको बताएकी हुन् । ओम शान्ति शर्मा सेप्टेम्बर ८ देखि दिल्लीको जन्तर मन्तरमा धर्नामा बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पतिले धोका दिएको र आफू निकै तनावमा रहे पछि धर्नामा बसेको शर्माले बताएकी छिन् । आफ्नो दुःख नरेन्द्र मोदीले मात्रै बुझ्न सक्ने उनको भनाई छ ।

ती महिलाले नरेन्द्र मोदी आफू भन्दा बढी उमेरका भएकाले उनको सेवा गर्ने इच्छा व्यक्त गरेकी छिन् । मोदीले गरीव तथा दुःखीको आवाज सुन्ने बानी आफूलाई निकै मन पर्ने समेत शर्मा बताउँछिन् ।

साथै उनले मोदीलाई पाउन जस्तो सुकै तपस्या गर्न आफू तयार रहेको समेत भनेकी छिन् । -एजेन्सीको सहयोगमा