पर्यटन/संस्कृति

मन्दिर जीर्णोद्वार

विराटनगर । संस्कृति जगेर्ना कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका–८ स्थित दर्वेशमा रहेको धनपाल थान मन्दिरको जीर्णोद्वार तथा त्यहाँ पक्की भवन समेत निर्माण गरेको छ ।

साथै सोही वडाको फर्साडाँगीमा रहेको अर्को थनपाल थान मन्दिरको कम्पाउण्डवाल निर्माण गर्नुका साथै त्यहाँ सरसफाइ समेत गरिएको रंगेली नगरपालिका–८ का अध्यक्ष टंक आचार्यले जानकारी दिए ।

नगरपालिकाले सो वडाका लागि छुट्याइएको रु ७० लाखको बजेटबाट उक्त सडक निर्माण कार्य सम्पन्न भएको उनले बताए । यसअघि सो वडाले त्यहाँका किसानलाई ओल खेतीका लागि प्रोत्साहनस्वरुप ओलको बीऊ समेत निःशुल्क वितरण गरेको थियो ।