राजनीति

सरकारलाई बाबुरामको प्रश्नः दुइतिहाइ बहुमतको सरकार किन कुम्भकर्ण निद्रामा ?

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान प्रदत्त मौलिक अधिकारको कार्यान्वयन गर्ने कानुन ढिलाई भएकोप्रति प्रश्न उठाएका छन् । आइतबार एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले शिक्षा, स्वास्थ्य, खाद्यसम्प्रभूता, आवास,रोजगारी लगायतका अधिकार कार्यान्वयन गर्न २ महिना मात्र बाँकी रहेको भन्दै प्रश्न उठाएका हुन् ।

उनले यति धेरै कानुन बनाउन बाँकी रहदाँ समेत संघीय संसद हाटा (हाजिर गरेर टाप) गरिरहेको भन्दै आक्रोस पोखेका छन् । “संविधान प्रदत्त मौलिक अधिकार (शिक्षा, स्वास्थ्य, खाद्यसम्प्रभूता, आवास,रोजगारी इ. र महिला,दलित लगायतका अधिकार कार्यान्वयन गर्ने कानून ३ बर्ष भित्र बनाउन दुइ महिना मात्र बाँकी छ।, भट्टराईले ट्वीटमा भनेका छन्, संसद बिजिनेस नपाएर हाटा (हाजिर गरेर टाप) गर्दैछ । दुइतिहाइ बहुमतको सरकार किन कुम्भकर्ण निद्रामा ?”