लुम्बिनी

सुकुम्वासी जग्गा धनीपूर्जाबाट वञ्चित

गुलरिया, बर्दिया । पश्चिम नेपालको पुरानो बजार मानिएको राजापुर नगरपालिकामा बसोवास गर्दै आएकालाई स्थानीयले ७५ वर्ष भइसक्दा पनि जग्गा धनीपूर्जापाउनबाट वञ्चित भएका छन् ।
उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमिव्यवस्थापन गर्न कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।

तीन महिनाको म्याद थोरै भएका कारण जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेकोले म्याद थप गरी वितरण कार्य जारी राख्न आग्रह गरिएको भूमि व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार रेग्मीले बताए ।

उनले भने, “समितिको म्याद सकिएकाले अन्योल बढेको छ । अझै बर्दियाको राजापुर नगरपालिकामा जग्गा धनीपूर्जाबाट २८० जना जग्गा धनीपूर्जा पाउन नसक्दा आफूहरु पीडित भएको गुनासो गरेका छन् ।

अधिकार सम्पन्न समितिले गत माघदेखि चैतमा जग्गा धनीपूर्जा वितरण गरे तापनि हालसम्म २८० जना जग्गा पाउनबाट वञ्चित भएका छन् ।

७५ वर्षदेखि राजापुर नगारपालिकामा बस्दै आएका ४३८ घरमध्ये १५८ जनाले जग्गा धनीपूर्जा पाए पनि बाँकी २८० जनाले पाएका छैनन् ।