आर्थिक

कुमारीद्धारा ‘बाल सारथी’ लाई सहयोग

काठमाडौं । कुमारी बैंकले ‘बाल सारथी’ नामक एक गैरसरकारी संस्थालाई नगद सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामािजक उत्तरदायित्व अन्तर्गत पशुपतिस्थित उक्त संस्थालाई नगद रु १ लाख सहयोग गरेको हो ।

विगत १३ बर्षदेखि बाल सारथीले आफ्ना विभिन्न परियोजनाहरु अन्तर्गत गरिब, विपन्न, सडक बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउदैँ आईरहेको छ । यसैगरी संस्थाले ती बालबालिकाका परिवारलाई लक्षित गरे समयसमयमा शिक्षा र स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

संस्थालाई समाजको समावेशी विकासतर्फ उन्मुृख गराउन पोत्साहन गर्ने उद्वेश्यले सहयोग गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले बताए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउदैँ आएको छ ।