साहित्य

‘नयाँ जोगीले खरानी घसेको घस्यै छन’

एचआर जोशी

काठमाडौं ।

“पसिनाले पोखी देश अब सिच्नुपर्छ
नयाँ नेपालको नयाँ तस्बीर अब खिच्नुपर्छ
अखण्ड राष्ट्र हाम्रो एक छौँ हामी सब
विखण्डनको नारा ल्याउनेलाई थिच्नुपर्छ
मनपरी गर्न खोज्नेलाई अब छुट छैन है
जनतालाई दुःख दिनेलाई किच्नुपर्छ
जनसेवा गर्न त्यति सरल कहाँ छर ?
काम कर्तव्य पूरा गरी मनमा भिज्नुपर्छ”

**************************

 

 

 

 

 

“दुःखी जन मुग्लान पसेको पस्यै छन्
नयाँ जोगीले खरानी घसेको घस्यै छन्
संघर्षको यात्रामा हिडेका साहसी जन
नयाँ युग ल्याउन कम्मर कसेका कस्यै छन्
कहिले यता कहिले उता छन् मान्छेहरु
एकबाट अर्को दूलोमा पसेका पस्यै छन्
कर्मशील मानिस जुट्न थालेका छन्
केहि नगरी बस्ने भने बसेका बस्यै छन्”