खेलकुद

बेल्जियम र इङ्ल्यान्डबीच रोचक भिडन्त, बेल्जियम तेस्रो स्थान कब्जा गर्ने दाउमा

काठमाडौं । २१ औँ चरणको रसियामा जारी विश्वकप फुटबलमा शनिबार तेस्रो स्थानका लागि भिडन्त हुने भएको छ । आज राती हुने तेस्रो स्थानको प्रतिस्पर्धामा बेल्जियम र इङ्ल्यान्ड आमनेसामने हुदैँछन् । यो खेल नेपाली समयअनुसार राती पौने ८ बजे रसियाको सेन्ट पिटरवर्गमा हुनेछ । दुवै टोली सेमिफाइनलमा पराजित भएका टोली हुन् ।

सेमिफाइनलमा फ्रान्ससँग १–० गोल अन्तरले पराजित भएको बेल्जियम र क्रोएसियासँग २–१ गोल अन्तरले पराजित भएको इङ्ल्यान्ड आमनेसामने हुदैँछ । दुवै टोलीको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ । एउटै समूहका दुवै टोलीबीच भएको समूह चरणको खेलमा बेल्जियमले जितेको थियो ।

इङ्ल्यान्ड विश्वविजेता टोली हो भने बेल्जियमले अहिलेसम्म विश्वकप उपाधीको स्वाद चाख्न पाएको छैन् । इङ्ल्यान्ड र बेल्जियम दुवै टोली सनसनी मच्चाउने खेलाडीहरुले भरिभराउ छन् । बेल्जियम यो विश्वकपमा एकपटक मात्र हारेको छ भने इङ्ल्यान्डले दुइ पटक पराजय भोगेको छ ।

आइतबार फ्रान्स र क्रोएसियाबीच उपाधी भिडन्त हुदैँछ ।