राजनीति

डा केसी कांग्रेस र विवेकशीलको मान्छे नभएर ३ करोड नेपालीको मान्छे होः गगन थापा

काठमाडौं । डा. गोविन्द केसी समर्थकहरुले शनिबार राजधानीमा बृहत प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, विवेकशील साझाँ पार्टी, नेपाल चिकित्सक संघ लगायतले शनिबार माइतीघर मण्डला देखि नयाँ बानेश्वर सम्म प्रदर्शन गरेका हुन् ।

नयाँ बानेश्वर पुगेर उक्त प्रदर्शन र्याली कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिएका थिए । १५ दिन देखि आमरण अनसनरत डा. केसीका सबै माग जायज भएको वक्ताहरुको भनाई छ ।

सभामा बोल्दैँ कांग्रेसका नेता गगन कुमार थापाले डा. केसी कुनै पार्टीको झण्डा नबोकेको बताएका छन् । ‘डा. केसीलाई कसैले कांग्रेसको मान्छे भन्ने गरेको छ, कसैले विवेकशील साझाको मान्छे भन्ने गरेको छ, नेता थापाले भने, केसीले मात्रै नेपालको राष्ट्रिय झन्डा बोकेको छ । ’

नेता थापाले केसीका माग जायज भएको तर सरकार उनका मागप्रति उदासिन बनेको आरोप लगाए । निकट ३ बर्षसम्म काठमाडौंमा मेडिकल कलेज किन नखोल्ने भन्ने ज्ञान प्रधानमन्त्री लगायत कसैसँग नभएको बताए । यदि प्रधानमन्त्रीज्यू लगायत मन्त्री ज्यूहरुसँग यसको ज्ञान छ भने यो ज्ञानको स्रोत केहो ? थापाको प्रश्न थियो ।

अहिले राजधानीमा सञ्चालनमा रहेका जनाकी मेडिकल कलेज लगायत मेडिकल कलेजमा विद्याथीहरु नै नभएको अवस्थामा आगमी ३ बर्षसम्म मेडिकल कलेज किन खोल्ने भन्ने प्रश्नको उत्तर माथेमा प्रतिवदनमा मात्र भएको बताए । थापाले भने, ‘सरकारले विधेयक ल्याउदैँ छ भन्ने सुनेको छु, त्यो विधेयक जनताको यो आवाज सुनेर ल्याउनुपर्छ ।’

कोणसभामा पूर्व प्रधानन्यायाधिश शुशीला, कांग्रेस नेता गगन कुमार थापा, विवेकशील साझा पार्टीका संयोजकद्धय रविन्द्र मिश्र र उज्जल थापा, माथेमा प्रतिवेदनका संयोजक एवम् प्राडा केदारभक्त माथेमा, चिकित्सक संघका प्रतिनिधी, नागरिक समाजका अगुवा लगायतका उपस्थिती रहेको थियो ।