समाचार

सुधीरले घाडेपछि पुनः बरिष्ठ पत्रकार नारायण वाग्ले बने कान्तिपुरको सम्पादक

काठमाण्डौ । बुधबार सुधीर शर्माले कान्तिपुरको सम्पादकबाट सुधीर शर्माले राजीनामा दिएपछि १० बर्षअघि उही पत्रिकामा सम्पादकको रुपमा काम गरेका नारायण वाग्लेले पुनः सम्पादकको रुपमा जिम्मेवारी सम्हालेका छन् ।
कान्तिपुरको सम्पादक छाडेर नागरिक दैनिकको सम्पादकको रुपमा करिब ३ बर्ष काम गरेका वाग्लेलाई कान्तिपुर पब्लिकेशनले समपादकको रुपमा नियुक्र गरेपछि उक्त पद सम्हाल्न शुरु गरेका हुन् । नबनियुक्त सम्पादक वाग्ले ईमान्दार र पुराना पत्रकारमा पर्दछन् ।
नेपालको पत्रकारिताको राजा मानिने कान्तिपुर मीडिया ग्रुपको प्रमुख प्रकाशन कान्तिपुर दैनिकले नेपाल र नेपालीहरुको हर क्षेत्रमा प्रभाब पार्ने गरेको छ ।  बुधबारमात्र कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा र काठमाण्डौ पोष्टका सम्पादक अखिलेष उपाध्यायले राजीनामा दिएका थिए ।