विचित्र संसार

हात्तीको भन्दा मुसाको शुक्रकिट ठूलो !

काठमाडौं । दुनियाको सबैभन्दा ठूलो स्थल जनावर हात्ती । हात्तीको सामुन्ने मुसाको जिउको के गणना गर्नु रु तर जिउ ठूलो भएर मात्र भएन क्यारे । त्यति हात्तीको जिउ पैदा गर्ने पुरुष प्रजनन कोष अर्थात् शुक्रकिटको आकार भने मुसाको शुक्रकिटको आकार भन्दा सानो हुँदोरहेछ ।

युनिभर्सिटी अफ जूरिचका शोधकर्ताले हालै गरेको एक अनुसन्धानले शुक्रकिटका विषयमा विभिन्न रोचक तथ्य बाहिर ल्याएको छ । ती यसप्रकार छन्: लम्बाइ र चौडाइ दुबैको हिसाबले हात्तीको शुक्रकिट भन्दा मुसाको शुक्रकिट ठूलो हुन्छ ।

फ्रुट फ्लाइ अर्थात् एक प्रकारको झिँगाको शुक्रकिटको आकार झिँगाको आफ्नै सरीरको २० गुणा हुन्छ भने मानिसको शुक्रकिट भन्दा १ हजार गुणा ठूलो हुन्छ । जिवजन्तुको सरीर जति ठूलो भयो उसको शुक्राणुको आकार उति नै सानो हुन्छ ।

ठूलो आकारको जनावरको सरीरमा शुक्रकिटको संख्या सानो आकारका जनावरको तुलनामा बढि हुन्छ । मुसाको शुक्रकिटको लम्बाइ १२४ माइक्रोमिटर हुन्छ र एकपटकको समागममा उसले ९५ लाख शुक्रकिट स्खलन गर्दछ । हात्तीको शुक्रकिटको साइज ५६ माइक्रोमिटर हुन्छ र एक पटकमा उसले २ सय अर्ब शुक्रकिट छाड्दछ । -एजेन्सी