मनोरञ्जन

सरापेको कमेडीमा आयो नयाँ तीज खुराक ‘पुतली’ (भिडियो)

काठमाडौं । चर्चित हास्यकलाकार यादव देवकोटा उर्फ सरापेको अभिनय रहेको नयाँ तीज गीतको कोसेली सार्वजनिक भएको छ । हरितालिका तीजको पूर्वसन्ध्यामा सरापेको अभिनय रहेको नौलो गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

तीज गीतको म्युजिक भिडियोमा निकै नै व्यस्त रहेका देवकोटा दमदार अभिनय रहेको ‘ए पुतली.. नाच न नाच न त्यो तिम्रो साडी माथी उचाली’ बोलको गीतमा जीवन गिरी र सविता गुरुङ्को स्वर रहेको छ ।

सरापेसँग भिडियोमा टिका जैसीले अभिनय गरेकी छन् । शिव चौहानको निर्देशन रहेको गीतलाइ प्रकाश खड्काले खिचेका हुन् ।

https://youtu.be/xdXdJlZWWcw