अन्तर्राष्ट्रिय

पुर्ब प्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचारको अभियोगमा बिमानस्थलबाटै पक्राउ

लाहोर, पाकिस्तान । जेल सजायँको फैसला सुनाइएका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ गरेका छन् ।

अत्यधिक कडा सुरक्षा व्यवस्थाकाबीच उनी बेलायतको लण्डनदेखि आफ्नो गृहनगर लाहोर आएका सरिफलाई गत जुलाईमा त्यहाँको अदालतले १० बर्ष जेल सजाय तोकेको थियो भने

एक हप्ता पहिले पाकिस्तानी अदालतबाट दश बर्षको जेल सजायँको फैसला भएकाले पक्राउ पर्ने खतरा हुँदाहुँदै पनि शरीफ २५ जुलाईको निर्बाचनको तयारीका लागी जेल जान तयार भएर स्वदेश फकिएका थिए ।

आसन्न निर्वाचनको पुर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा एकैदिन भएका छुट्टा छुट्टै घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको दिन शरीफ स्वदेश फर्किएका थिए ।

पाकिस्तानमा यही जुलाई २५ तारिखका दिन निर्वाचन हुन लागेको छ । निर्वाचन नजिकिदै जाँदा र शरीफ स्वदेश फर्किएपछि सुरक्षा खतरा थप बढेको अधिकारीहरूले बताएका छन् ।

भ्रष्टाचार गरेको अभियोगमा उहाँलाई गत हप्ता दश बर्षे जेल सजायँको फैसला भएको थियो । निर्वाचनको पुर्वसन्ध्यामा गरिएको यो फैसलालाई अर्थपूर्ण र रणनीतिक रुपमा लिइएको छ । पूर्वप्रधानमन्त्री शरीफ आफ्नी श्रीमतीको क्यान्सरको उपचारका लागि केही समयदेखि बेलायतको लण्डनमा रहेका थिए ।

स्वदेश फर्किएपछि उनले आफुलाई सेनाले लक्षित गरेको प्रतिक्रिया दिएका थिए । उनको पार्टीले शुक्रबार सार्वजनिक गरेको भिडियोमा शरीफले भनेका छन्, “मलाई थाहा छ, मलाई सिधै जेल लगिने छ ।”

“मैले मेरा पाकिस्तानीहरुलाई भन्न चहान्छु मैले जे गरिरहेको छु, त्यो सवै तपाईहरुका लागि हो । मसँगै हिड्नुस्, मसँगै हात मिलाउनुस् र मुलुकको गन्तव्य परिवर्तन गरौं,” शरीफले भिडियो सन्देशमार्फत देशवासीलाई आग्रह गरेका थिए ।

उनलाई स्वागत गर्न आयोजित ¥यालीमा झण्डै आठ हजार उनका समर्थकहरू जुटेका थिए । ¥यालीको नेतृत्व उनको भाई शहबाज शरीफले गर्ने कार्यक्रम रहेको थियो ।

अप्रिय घटना हुने आशंकामा ठूलो संख्यामा प्रहरी खटाइएको छ भने लाहोर प्रहरीले शहरलाई नै घेरा हालेजस्तो देखिएको अधिकारीहरूले जनाएका छन् ।

नेता सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो ।

उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ भने एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको छ । उनीमाथि लागेको आरोप सरिफ र उनका समर्थकहरूले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो ।

पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अयोग्य घोषणा गरेको थियो ।
समर्थकलाई स्वागत गर्न नदिई त्यहाँको एनब्ीले पक्राउ गरी सरिफ उनीकी ७ बर्ष जेल सजाय सुनाईएकी छोरीलाई अडियाला जेल लगिएको बीबीसीले बताएको छ ।