खेलकुद

अन्तर संस्था सेभेन ए साइड फुटबल शनिबारदेखि

काठमाडौं । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार देखी अन्तर संस्था स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगीता कपन स्थित ह्याण्डबल खेल मैदानमा सुरु हुने भएको छ ।
प्रतियोगीतामा काठमाडौं जिल्ला भित्रका २० टिमहरु सहभागी भएको प्रतियोगीताका संयोजक एवम् जिखेविस काठमाडौं उपाध्यक्ष दामोदर भट्टराईले बताएका छन् । प्रतियोगीतामा जिल्ला खेलकुद विकास समिति ए, चट्टान सहकारी सप्तदेव सहकारी, साइपल एकेडेमी, पुष्पलाल मा।वि।, महानगरीय प्रहरी प्रभाग कपन, टिआइए कलेज, गणेश मावि, पत्रकार ११, हिमालय सीमापार वाणिज्य संघ ,बुढानिलकण्ठ नगरपालिका, सारः सहकारी, गंगाहिटी टोल सुधार समिति, होप फाउण्डेशन नेपाल, जिल्ला खेलकुद विकास समिति बि, गोकर्णेश्वर खेलकुद विकास समिति इन्साइट भिजन स्कु्ल लगायतका टिमहरु सहभागी छन् । प्रतियोगीताको विजेताले ३११३१ तथा उपविजेताले १६६१६ रुपैया सहित पुरस्कार प्राप्त गर्ने संयोजक भट्टराईले बताएका छन । प्रतियोगीता श्रावण ५ गते सम्म सञ्चालन हुने छ ।