राजनीति

काँग्रेसलाई संकेत गर्दै प्रधानमन्त्री भन्छन्, ‘एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध हुदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसदउभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । उनको संकेत प्रमुख प्रतिपक्षी दल काँग्रेस तर्फ थियो ।
नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।
“एउटा निहुँ झिकेर दुईजना सँसद ठिंग उभिंदा संसदका सबै गतिविधी अवरुद्ध हुने हुनु हुदैन” प्रधानमन्त्री ओलीले भने “नेपाली काँग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुदैन । दुईचार जना मान्छेले गलत नियतले उभिंदा संसद रोकिदैन ।”
प्रधानमन्त्री ओलीले देश विकासका कुरा, जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने बताएका छन् । “हामी दुई तिहाइ बहुमतमा छौं । हाम्रा माननीयहरुले विकासका कुरा सँसदमा जोडदार रुपमा उठाउनु पर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने ।
साँसदहरुको जिज्ञासाको जवाफदिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिनाभित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णतादिने बताएका छन् । “साउनभित्र पार्टीए किकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीयतहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन् ”प्रधानमन्त्री ओलीले भने “अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीयतहमा स्वेच्छारिता आएको सुनिएको छ । अब त्यो रोकिन्छ ।”
सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले दोहो¥याए । सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीले बताए ।
साँसदहरु कृष्ण्भुक्त पोख्रेल, रामनारायण विडारी, पार्वत गुरुङ, बिरोध खतिवडा, महेश बस्नेत, कृष्णरज दाहाल, अन्जनाबिशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक राजनीतिकबिषय, जिल्ला तथा क्षेत्रहरुमा उठेका विभिन्न समस्याहरु प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।