अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा २८ सर्वसाधारण मारिए

बेरुत । सिरियाको पूर्वी प्रान्त देइर जोरमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहलक्षित हवाई कारबाहीमा परी कम्तीमा २८ सर्वसाधारणको मृत्यु भएको छ ।

मानवअधिकारवादी समूहले शुक्रबार सो जानकारी दिएको छ । इराकको सीमा क्षेत्रमा पर्ने अल सोउसा नजिकै रहेको एउटा कारखानामा जम्मा भएका सर्वसाधारण सो कारबाहीको शिकार भएका थिए । बेलायतसँग आबद्ध मानवअधिकारवादी समूह सिरियन अब्जरभेटी फर ह्युम्यान राइट्सले सो हताहतको जानकारी दिएको छ ।

यो हवाई आक्रमण अमेरिकी या इराकी कुन जहाजबाट भएको हो भन्नेबारेमा भने केही प्रष्ट भएको छैन । सो क्षेत्रमा केही दिनअघि पनि यस्तै कारबाही भएको थियो । सो कारबाहीमा परी दर्जनौँ व्यक्तिको ज्यान गएको थियो ।