समाचार

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो अढाई वर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि फ्रान्सका राजदूत इभ्स कार्मोनाले आज राष्ट्रपति कार्यालयमा बिदाइ भेट गरे । त्यस अवसरमा नेपाल–फ्रान्स सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भेटमा नेपाल सरकार र यहाँस्थित फ्रान्सेली राजदूतावासका उच्च अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडासँग राजदूत कार्मोनाले बिहीबार बिदाइ भेट गरेका थिए ।