सुदूरपश्चिम

कार्यविधि स्वीकृति

कैलाली । प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको आकस्मिक कोष सञ्चालनसम्बन्धी कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधिलाई स्वीकृति प्रदान गरेको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए।