साहित्य

भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकारसहित पत्रकार र साहित्यकार पुरस्कृत

काँकडभिट्टा । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेसहित साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ ।

२०५ औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएबापत कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई रु एक लाखको भानु पुरस्कार प्रदान गरिएको हो ।

पत्रकार राजु अधिकारीलाई रु २५ हजारको धनमाया देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार र साहित्यकार राजेन्द्र संग्रौलालाई रु २५ हजारको हेमराज मेदनी खरेल साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।

दृष्टिविहीन गायक जेठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इञ्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिए । उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले दोसला, सम्मान पत्र र नगदले सम्मान गरेका हुन् ।

कार्यक्रममा काँकडभिट्टामा रहेको भानुको पूर्ण शालिकमा माल्यर्पण गर्दै उपकुलपति घिमिरेले आजै प्रतिष्ठानको कर्यालयको उद्घाटनसमेत गरेका थिए ।