समाचार

जुम्लामा अनशनरत डा. केसीलाई सरकारले अपहरण शैलीमा काठ्माण्डौ ल्याउने यस्तो दियो संकेत

काठमाण्डौ । शिक्षममन्त्री गिरिराजमणी पोख्रेलले आवश्यक परेमा प्रा.डा. गोबिनद केसीलाई बल प्रयोग गरेर काठमाण्डौ ल्याईने बिचार ब्यक्त गरेका छन् । शिक्षा पत्रकारिता पुरस्कार बितरण कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले डा. केसीको स्वास्थ्य रक्षाको लागी सरकारले बल प्रयोग गरेर पनि काठमाण्डौ ल्याउन सक्छ, त्यसबेला तपाईहरुले सरकारले गलत गर्यो नभननुहोला, मन्त्ती पोख्रेलले मीडियातर्फ संकेत गर्दै भने ।
बिभिन्न माग राखेर कर्णलीको जुम्लामा १४ दिनदेखी अनशन बसेका डा. गोबिन्द केसी अस्वस्थ्य रहेको र सरकारले काठमाण्डौबाट पठाएका चिकित्सकको उपचार सुबिधा लिन नमानेको अवस्थामा मन्त्री पोख्रेलको यस्तो धारण आएको हो । चिकित्सक संघबाट सरकारले केही डाक्टरहरु गएर पउचार गर्न अनुरोध गरेपनि संघले नमानेको जिकिर गर्दै डा. केसीको जिबनरक्षाका लागी सरकारले उनलाई बल प्रयोग गरेर हेलिकप्टेरमा काठ्माण्डौ ल्याईने उनको संकेत थियो ।
बर्तमान ओली सरकारका प्रायः सबै मन्त्रीहरु डा. केसीको अनसनसंग असहमत रहंदै बिरोध गर्दै आएको अवस्थामा शिक्षामन्त्री पोख्रेलले समेत उनलाई अपहरणको शैलीमा काठमाण्डौ ल्याउने संकेत दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत सरोकारवालाहरुले डा. केसीको जिबनरक्षाको माग डोडदार रुपमा आईरहेका बेला सरकारका मन्त्रीको कडा अभिब्यक्तीले थप भीडन्तको संकेत देखिएको छ ।