आर्थिक

लक्ष्मी बैंकको तिन नयाँशाखा लिसानखुपखर, लेखम र बलान बिहुलमा

काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममाआजसिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीकोबलान बिहुलमाआफ्नो नयाँशाखा संचालनमा ल्याएकोे छ ।

यस नयाँ शाखाको साथ,लक्ष्मी बैंकको शाखा संजाल ८९, ४५ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यीशाखाहरुका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३÷७४मा रु. ५९.३२ अरब निक्षेप र रु. ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु.७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुदमुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा २७प्रतिशतले बढी हो । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्नआवधिकतथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथावित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको छ ।