प्रदेश 2

आगलागीबाट सात लाखको क्षति

राजविराज । सप्तरीको महदेवा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ । स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा निजको एउटा गोठ र एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

आगलागीबाट गोठभित्र रहेको ४० क्विन्टल धान, ४० क्विन्टल गहुँ, नगद जिन्सी, भाँडाकुँडालगायतका सामान जल्दा करीब रु सात लाख मूल्यबराबरको क्षति भएको उनले जानकारी दिए।

स्थानीयवासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रमा लिएको थियो ।