राजनीति

भानुभक्तको योगदानलाई कदर गर्ने कार्यक्रमको सहयोगकालागी मन्त्रीपरिषदबाट निर्णय गराउछुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् ।

२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र कालजयी रहेको बताएका छन् । “भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताएका छन् । प्रतिष्ठानले कार्यलय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । “तपाईंहरुका मागका सम्बन्धमा मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिनेछ ” प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गरेका छन् ।

उक्त कार्यक्रममा उपप्रधान एबम् रक्षामन्त्री इश्वर पोख्रेल, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, नेपा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल, आचार्य बन्धु समाजका महासचिब बाबुराम आचार्य लगायत बिशिष्ट ब्यक्तीत्वको उपस्थिति थियो । भानु प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको कार्यक्रम बिाहान ७ बजे प्रज्ञा भबनबाट रत्नपार्क, जमल हुदै पुनः प्रज्ञा भबनमा नै आएर प्रभातफेरी कार्यक्रम सम्पन्न गरी शालीक माल्यार्पण गरिएको थियो । आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आफ्नो ब्यानरमा प्रभातफेरी कार्यक्रममा उल्लेख्यमात्रामा बन्धुहरु सहभागी भई माल्यार्पण समेत गरेको थियो ।

आज असार २९ गते देशभर बिभिन्न संघ, संस्थाहरुले भानु जयन्ती मनाउने कार्यक्रम रहेको छ । सधैं झै कार्यक्रममा साहीत्यकार डा. ताना शर्मा र बंगाली प्राध्यापक सत्यप्रकाश तिवारीलाई बग्गीमा प्रभातफेरीमा परिक्रमा गराई प्रधानमन्त्रीद्वारा सम्मान समेत गरिएको थियो ।

 

 

-प्रधानमन्त्री केपी शर्मा ओली ज्यु आचार्य मन्धस समाजका महासचिब बाबुराम आचार्य लगायत पदाधिकारी तथा सदस्यहरुसंग समाजको ब्यानरसहित प्रभातफेरी तथा माल्यार्पणमा    

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीका साथ आचार्य बन्धु समाज नेपालका पदाधिकारी तथा सदस्यहरु