आर्थिक

प्राईम बैंकका कार्यकारी मानन्धर कमिशनमा, ग्राहक यसरी दिउँसै ठगीए

काठमाण्डौ । बेला बेलामा बिबादमा आईरहने ‘क’ बर्गको प्राईम कमर्शियल बैंकले प्राईम एपका नाममा ग्राहकहरुलाई ठगी गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर यस बिषयमा कुरा गर्न खोज्दा सुर्यखबरको सम्पर्कमा आउन चाहेनन्,  र अर्का बैंकका जिम्मेवार उच्च तहका कर्मचारी भाईराजा तुलाधारको मोवाईल समेत उठेन ।

बैंकले प्रतिबर्ष रु २०० ग्राहकसंग लिएर एप डाउनलोड गरेपनि आवश्यक सूचना दिने भनेपनि दर्जनौपटक डाउनलोड गरेर म्यासेज पठाएपनि एपमा भएका मेनुहरुले काम नै गर्दैनन् । प्राईम बैंकको साखामा गएर कम्प्लेन गर्दा यस्तै हो कहिलेकाँही भन्ने जवाफ आएपनि अधिकाँस समय यस्तो समस्या दोहोरिने बानेश्वरस्थीत साखा कार्यालयका कर्मचारी बताउछन् । यस्तो गुनासो गर्न आउने ग्राहकहरुको भीड नै लागेको बताईन्छ ।

बैंकले कतिपय समयमा राष्ट्रबैंकको निर्देशन नमानेको लगायतका बिबादास्पद समाचारहरु आईरहेका बेला पछिल्लो समयमा एपमार्फत ठगी गरेको देखिन्छ । यसरी बैंकले ग्राहकहरुलाई सन्तुष्टी दिनु त कता हो कता उल्टै ब्यालेन्स सोधपुछबाट कति ब्यालेन्स छ भनी पटक पटक म्यासेज पठाउदा उत्तर नै आउदैन त अन्य मेनुहरुमा समेत समस्या देखिएको छ ।

यसबाट कि त बैंक ब्यबस्थापनले एप कम्पनीसंग मिलेर मोटो रकम कमिसन खाएको छ, या त बैंकको ग्राहक ठग्ने षढ्यन्त्र नै हो यस बिषयमा राष्ट्रबैंक, अर्थमन्त्रालयको ध्यान किन नगएको हो त्यो पनि अर्थपूर्ण बिषय हुन सक्ला !

-ब्यालेन्स बुझ्दा पटक पटक मोवाईलमा देखाएको म्यासेज