प्रवास

अष्ट्रेलियामा युवतीलाई चुम्बनपछि जबर्जस्ती गर्न खोजेपछि नेपाली युवालाइ यस्तो सजाय सुनाईयो !

काठमाडौं । अष्ट्रेलियामा त्यहाँको अदालतले एक नेपाली युवालाई साढे ६ बर्षको जेल सजाय सुनाएको छ । राजधानी मेलवर्नस्थित एक अदालतले बलात्कारको आरोपमा २९ बर्षीय नविन भण्डारीलाई उक्त सजाय सुनाएको हो ।

भण्डारीमाथि २४ बर्षीय युवतीलाई बलात्कार गरेको आरोप लागेको त्यहाको स्थानिय समाचार माध्यमहरुले जनाएका छन् ।

एउटै पबमा उनीहरुले बियर खाएर चुम्बन गरेको र पछि युवतीको अनुमतीमा ती युवा उनकी घरमा बसेका र राती शारीरिक उत्पीडन गरिएको बताईएको छ । अष्ट्रेलियमा बलात्कारलाई गम्भीर रुपमा लिइन्छ । त्यहाँ बलात्कारको अधिकतम सजाय २५ बर्ष तोकिएको छ ।

यता ती नेपाली युवाले भने अदालतको आरोपलाई अस्वीकार गरेका छन् । अब उनी सजाय भुक्तान गरिसकेपछि मात्रै नेपाल फर्काईने बताईएको छ । उनी कामदारको भिषामा त्यहाँ पुगेका थिए ।