राजनीति

नेताद्वय कोईराला र सिटौलाबीच काँग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउन कुनै कसर बाँकी नराख्ने यस्तो भयो सहमती

काठमाण्डौ । नेपाली काँग्रेसका पूर्बमहामन्त्री एबं केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौला र अर्का प्रभाबशाली काँग्रेस केन्द्रीय सदस्य एबं केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाबीच भेट भएको छ ।
काठमाण्डौमा बिहीबार भएको नेताद्वायको भेटमा काँग्रेसका बर्तमान अवस्थामा देखिएका कमी कमजोरी र पार्टीलाई सही दिशातिर डोहोर्याउन खेल्नुपर्ने भुमिकाका बिषयमा छलफल भएको छ ।
नेता डा. कोईराला र सिटौला काँग्रेसलाई आगामी निर्बाचनमा बहुमत प्राप्त पार्टी बनाउन जस्तोसुर्कै रुपमा समेत सहकार्य गर्न तयार रहेर कार्यकर्ताको भाबना अनुसार काम गर्न सहकार्य गर्न सहमत रहेको डा. कोईरालाका स्वकीयसचिब दिनेशचन्द्र थपलीयाले सुर्यखबरलाई बताए । उनीहरुले काँग्रेस बलियो बनाउन कुनै कसर बाँकी नराख्ने सहमती भएको समेत बताईन्छ ।
०६० सालमा माओबादीसंग १२ बुंदे सहमती गर्दा महत्वपूर्ण भूमिका खेलेका नेताद्वयको भेटघाटलाई राजनीतिक रुपमा महत्वका साथ हेर्न सकिन्छ । सिटौला पछि काँग्रेस महामन्त्री र गृहमन्त्री सम्म भए भने नेता डा. कोईराला दुईपटकभन्दा बढी मन्त्री पद अस्विकार गरेका स्वच्छ छबि भएका काँग्रेस नेता हुन् ।
तत्कालीन सभापति स्व. गिरिजा प्रसाद कोईरालाको निर्देशन अनुसार नेताद्वयले भारतमा माओबादीसंग १२ बुंदे समझदारी गर्ने समन्वय गरेका थिए । दुबै नेता पछिल्लो समयमा सभापति देउवाले गरेका गलत कृयाकलापका बिषयमा खरो टिप्पणी गने नेताका रुपमा देखिएका छन् ।