खेलकुद

महेश श्रेष्ठ मलेसिया उडे

काठमाडौं । एसियाली बलर्स स्पोर्ट्स कन्फिडेरेसनको वार्षिक साधारण सभामा सहभागी हुन नेपाल पेताङ महासंघका वरिष्ठ उपाध्यक्ष एवं जि फोर एसका कन्ट्री डाइरेक्टर महेश श्रेष्ठ बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेका छन् ।

एसियाली पेताङ बल्स फेडेरेसनको निमन्त्रणमा श्रेष्ठ साधारण सभामा भाग लिन जान लागेका हुन् । साधारण सभा जुलाइ १३ देखि १७ तारिखसम्म हुनेछ । उनलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।