शिक्षा

मन्त्री पोख्रेल एक घण्टा आकासमा फनफनी घुमेपछि…..

काठमाण्डौ । शिक्षामन्त्री गिरिराजमणी पोख्रेल नेपालगंजबाट काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अवतरण हुनु अगाडी आकासमा एक घण्टा रोकिएका छन् । मन्त्री पोख्रेललाई अवतरण गराउनुअगाबै बिमानस्थलको धावनमार्गको दक्षिणतर्फको भागमा चिरा परेका कारण अवतरणमा समस्या भएपछि मनी पोख्रेल सवार बिमान अवतरण हुन नसकेपछि समस्या परेको हो ।

बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त समस्याका कारण करिब ४५ मिनट राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान बन्द भएका थिए ।

एकघण्टा डिले हुंदा मन्त्री पोख्रेलसहितका यात्रुहरु आत्तिएका थिाए । राजधानीको मौसम आज दिनभर प्रभाबित भएकोको भक्तपुरमा त बाढीका कारण ३ जनाको मृत्यु भईसकेको छ भने सयौं घरपरिवार डुवानमा परेका छन् । काठमाण्डौका पनि अलि निच्चा भागमा बाढीका कारण सर्बसाधारणहरु प्रभाबित भएका छन् ।