मनोरञ्जन

साउन १ गते रेखा थापाको मालिकाको यस्तो गीत रिलिज हुदैँछ !

काठमाडौं । चर्चित नायिका, निमात्री एवम् निर्देशक रेखा थापाको निर्देशन रहेको चलचित्र मालिका लक्ष्मीपूजाका दिन देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रले नेपाली संस्कृति र इतिहास झल्को दिने चलचित्रको गीत साउन १ गते सार्वजनिक हुने निर्देशक थापाले बताएकी हुन् । “हल्का माया के माया गाढा लगाउने,नजिकका माया छँदैछ टाढा लगाउने” बोलको गीत साउन १ गते रिलिजको तयारीमा छ ।

सुरेश अधिकारीको शब्द र संगीतमा,यो गीतलाई जाजरकोटको दरबारको प्रांगणमा रेखा थापासंग १०० भन्दा बढी नृत्यांगना राखेर सुदुर पश्चिमेलीको सास्कृतिक सैलिमा नृत्य निर्देशक रामजी लामिछानेले नृत्य गराएका छन् भने रामशरण उप्रेतीले छायांकन गरेका छन् ।

निर्माता सरस्वती थापा, कार्यकारी निर्माता नर बहादुर कार्की रहेका छन् । रेखा फिल्मस्को ब्यानरमा निर्मित “मालिका” कार्तिक २१ गते लक्ष्मीपूजाको दिन रिलिज हुँदैछ ।

सरस्वती थापाको लगानिमा बन्ने उक्त चलचित्र प्रतिक्षित चलचित्र हो ।