लुम्बिनी

नौ लाख मूल्यको मोबाइल चोरी

दाङ । तुलसीपुरस्थित बिपी चोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ । गए राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको चोकको सो पसलबाट झण्डै रु नौ लाख बराबरका ब्राण्डेड मोबाइलहरु चोरी भएको प्रहरीले जनाएको छ ।

चार जनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसलभित्र चोरी गरेको त्यहाँ राखिएको सिसी क्यामराबाट देखिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले विभिन्न ब्राण्डका ३० वटा सेट मोबाइल चोरी भएको र चोरी गर्ने गिरोहको खोजी कार्य भइरहेको बताए । उनका अनुसार सिसी क्यामराको फुटेजका आधारमा पनि चोर पक्राउ गर्न मद्दत मिल्छ ।

तुलसीपुरस्थित मोबाइल इलेक्ट्रोनिक संघले घटनाको विरोधमा आज बिहान सबै मोबाइल पसलहरु बन्द गरेका थिए ।